Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासित

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासित

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निष्कासन गरिएको छ ।

    नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट भंग गराउने हतियार बनेको कट्टेल आफैं सो पार्टीबाट निष्कासनमा परेका हुन् ।



    नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।



    पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्यसमेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका हुन् ।

    पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार