Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले मातहतका निकायमा सर्कुलर पठायो

    विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले मातहतका निकायमा सर्कुलर पठायो

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मातहतका निकायमा सर्कुलर पठाएको छ ।

    कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले लिएका निर्णयहरु कार्यान्वयन गर्ने उद्देश्यका साथ विप्लवले पार्टीका इन्चार्ज र सेक्रेटरीलाई सर्कुलर पठाएका हुन् ।



    सर्कुलरमा आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी विरोधी कित्तामा उभिएकालाई सहयोग गर्ने उल्लेख गरिएको छ ।



    स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरूलाई सहभागि गराउने र सहयोग गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ लगायतको उल्लेख गरिएको छ ।

    यस्तै काठमाडौं उपत्यका पेरिफेरीका जिल्लामा कार्यरत केन्द्रीय सदस्य र जनवर्गीय संगठनका केन्द्रीय सदस्य एवम् फ्याक्सन इन्चार्जको संयोजक प्रकाण्डले गर्ने सर्कुलरमा उल्लेख छ ।

    यस्तै प्रकाश डुम्रेलाई गल्ती महसुस गराई पार्टी सम्पर्कमा राखी काम लगाउन सर्कुलर भएको छ भने बैतडीका राजेन्द्र विष्ट र उद्योग व्यापार संगठनका प्रकाश बस्नेतको कारबाही फुकुवा गरिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार