Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माधव नेपाल र वामदेवले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरे : ऋषि कट्टेल

    माधव नेपाल र वामदेवले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरे : ऋषि कट्टेल

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 747
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतमले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

    अध्यक्ष कट्टेलले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अदालतको निर्णयबाट पराजित भएपछि आफ्नो पार्टी कब्जागर्ने काममा लागेको आरोप लगाएका हुन् ।



    कट्टेलले सचिवालय बैठकमा भने -‘अध्यादेशबाट पार्टी बनाउन पुगेका तत्त्व तथा कथित १५ सेप्टेम्वरको नाममा गुट चलाइरहेकाहरूलाई भाडामा लिएर नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व र वैधानिकता कब्जा गर्ने दोस्रो प्रयासलाई समेत २०७८ पौष १७, १८ र १९ गते जनकपुरमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनले पूर्ण रुपमा पराजित गरिदिएपनि षडयन्त्र कायमै राखेका छन् ।’



    उनले सम्मेलनपछि पनि भाडामा परिचालित षड्यन्त्रकारीहरुले सम्मेलनबाट निर्वाचित अध्यक्षलाई किर्ते हस्ताक्षर गरी पार्टीबाट निस्कासन गरेको हास्यास्पद घोषणा गरेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार