Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आन्तरिक हवाई उडानतर्फको भाडा बढ्यो, हेर्नुहोस् कहाँको कति ? (सूचीसहित)

    आन्तरिक हवाई उडानतर्फको भाडा बढ्यो, हेर्नुहोस् कहाँको कति ? (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आन्तरिक हवाई उडानतर्फको भाडादर बढेको छ ।

    पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेपछि आन्तरिक हवाइ उडानको भाडादर वृद्धि भएको हो ।



    नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी हवाईभाडा १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको छ ।  बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको ४४५ रुपैयाँ रहेको छ ।



    यस्तै काठमाडौं-विराटनगर २४०, काठमाडौं-पोखरा १६०, काठमाडौं-नेपालगञ्ज ३२५, काठमाडौं-भद्रपुर, काठमाडौं-भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।

    यसैगरीमाउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटबढ हुँदा भाडा समायोजन गर्ने अधिकार संघलाई रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार