Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विद्यालय तहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि शुरू हुने

    विद्यालय तहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि शुरू हुने

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विद्यालय तहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि शुरू हुने भएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गत असार १ गतेदेखि शुरू भएको थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैत, वैशाखमा कोभिड–१९ महामारीको असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र शुरू हुनेछ ।



    ‘आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ,’ उनले भने, ‘आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।’



    उनले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई समय परिस्थितिअनुसार निरन्तरता दिनुपर्छ भन्ने छैन भन्दै थपे, ‘चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔं । पढ्न दिऊँ । छिटो विधिबाट सबै काम वैशाखमै सकौं ।’

    विद्यालयहरूले औसतमा ५०–६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइन माध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आगामी चैतको अन्तिम सातासम्ममा बाँकी कोर्स सक्न समस्या नहुने बताइन् । ‘वार्षिक परीक्षा आगामी चैतको अन्तिम सातामा लिएर वैशाखको पहिलो साताबाट नयाँ शैक्षिक सत्र शुरू गर्न समस्या हुँदैन,’ उनले भनिन् । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार