Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दामा फरार धादिङका पाठक महाशाखाको फन्दामा

    बैंकिङ कसूर मुद्दामा फरार धादिङका पाठक महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ जिल्ला साविक चैनपुर-०१ घर भइ काठमाडौँ महानगरपालिका-१६ बस्ने ४३ बर्षीय रमेश बहादुर पाठक रहेका छन् ।



    महाशाखाका अनुसार पाठकलाई बैंकिङ कसुर मुद्दा गत मङ्सिर २१ गते उच्च अदालत पाटनको फैसलाले ७ लाख जरिबाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका पाठकलाई आज दिउँसो सोह्रखुट्टबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।



    पक्राउ परेका पाठक गिरीभूमि रियल स्टेट प्रालि (GRIGABHUMI REAL STATE PVT.LTD ) का संचालक समेत हुन्।

    पाठकलाई  फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेस गरिएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार