Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पर्यटन बोर्डमा यती समूह हावी, पेम्वा शेर्पालाई बोर्ड सदस्य बनाउन ४० लाखको खेल

    पर्यटन बोर्डमा यती समूह हावी, पेम्वा शेर्पालाई बोर्ड सदस्य बनाउन ४० लाखको खेल

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । पर्यटन बोर्डमा यति ग्रुपको हालीमुहाली बढिरहेको छ । यति ग्रुपकै डिजाइनमा पेम्पा शेर्पालाई बोर्डको सदस्यमा नियुक्ति गर्न बिचौलियाहरुले ४० लाख रुपैयाँ बुझिसकेको स्रोतले बताएको छ ।

    बिहीबार बोर्ड सदस्यमा  लिला लामा नियुक्त भएका थिए ।  अर्कोतिर छनोट समितिका सदस्य राजेन्द्र सापकोटा र बोर्डका उपाध्यक्ष चन्द्र लामासहितका बिचौलियाहरुले यति समूहका सोनाम छिरिङ शेर्पाको सिफारिसमा पेम्वा लामालाई नियुक्तिको तयारी गरेका छन् ।



    छनोट समितिका सदस्य राजेन्द्र सापकोटाहरुले पेम्बालाई सोनामसँग भेट गराई नियुक्तिको चाँजोपाँचो मिलाएका छन् । संभवतः सोमबार (आजै) छनोट समिति गठन गरी पेम्वालाई नियुक्ति गराउन लागिएको छ ।



    आइतबार यति समूहका प्रमुख सोनामछिरिङ शेर्पाको कार्यालयमा पेम्वालाई पर्यटन बोर्ड सदस्य बनाउने तय गरिएको छ । पर्यटन मन्त्री नेकपा समाजवादीका प्रेमबहादुर आले छन्, तर उनी यति समूहको डिजाइन अनुसार चल्न थालेका छन् ।

    उनले समाजवादीको सिफारिसलाई भन्दा पनि एमालेका कार्यकर्ताको नियुक्ति गर्दैआएका छन् ।

    पर्यटन बोर्डका सदस्य नियुक्तिका लागि छनोट समितिमा राखिएका राजेन्द्र सापकोटा एमालेका महाधिवेशन प्रतिनिधि हुन् । उनी एमाले निकट पर्यटन ब्यवसायी संगठनको नेतृत्वमै छनु ।

    तर समाजवादीका मन्त्री आलेले उनलाई पर्यटन बोर्डको सदस्यमा नियुक्ति दिएका छन् ।

    पर्यटन बोर्ड सदस्य छनोट समितिको संयोजक होमप्रसाद लुईटेल, सदस्यद्वयमा माया शेर्पा र राजेन्द्र सापकोटालाई राखेका छन् । शेर्पा र सापकोटा दुवै एमालेका कार्यकर्ता हुन् ।

    माया शेर्पाको केपी ओलीसँगै कनेक्सन रहेको छ । शेर्पा र सापकोटाको डिजाइनमा मन्त्री आलेले यसअघि नियुक्त गरेका जग्गा दलाल लिला लामाको नियुक्ति विवादमा परिसकेकाले रद्द गर्न बाध्य भएका मन्त्री आलेले एमालेहरुकै योजनामा पेम्बा शेर्पालाई नियुक्ति गर्न लागेका हुन् ।

    पेम्वाले ४० लाख रुपैयाँ बिचौलियालाई बुझाइसकेको भन्दै हिंडेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार