Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • युक्रेनद्वारा रुससँग कूटनीतिक सम्बन्ध विच्छेद

    युक्रेनद्वारा रुससँग कूटनीतिक सम्बन्ध विच्छेद

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 891
    SHARES

    एजेन्सी ।  युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको युक्रेनी राष्ट्रपतिले बताएका छन्।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस ब्रिफिङमा बोल्दै सम्बन्ध तोडिएको घोषणा गरेका हुन्।



    फरक प्रसङ्गमा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराइने बताएका छन्।



    युक्रेनमा रुसले गरेको हमलाको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि विश्वले रुसलाई ‘उत्तरदायी बनाउने’ बताएका छन्।

    ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले ‘रक्तपात र विध्वंसको बाटो रोजेको’ प्रतिक्रिया दिएका छन्।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार