Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउन सर्वोच्चको आदेश

    माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउन सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट पुनः पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिइएको छ ।

    आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले नेपालसहित १४ सांसदविरुद्ध दायर भएको रिट पूर्ण सुनुवाईका लागि पठाउने आदेश दिएको हो ।



    गत भदौं १७ गते एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । तत्कालीन एमाले सांसदका रुपमा नेपालसहित १४ सांसदलाई एमालेले कारबाही गरेको निर्णय सदर हुनुपर्ने, नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकता खारेज हुनुपर्ने भन्दै ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।



    आइतबार पूर्ण सुनुवाईका लागि पठाउन आदेश दिइएको ओलीको रिट पेशीका लागि १२ औं पटकमा पेसीमा चढेकाे हो । यो आदेशपछि अब तोकिने पेसीमा अन्तिम सुनुवाइका लागि बहस हुनेछ।

    एमालेले साउन २५ गते माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव र कलिला खातुनलाई सांसद र पार्टीबाट निष्कासन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार