Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले माधव नेपालसहित १४ जनाविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ हुँदै

    एमाले अध्यक्ष ओलीले माधव नेपालसहित १४ जनाविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदकाे पद र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा पेसी तोकिएको छ।

    आइतबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलसामा पेसी तोकिएको हो । यो १२ औं पेसी हो । यसअघि १० पटक स्थगित भइसकेको छ।



    गत भदौं १७ गते एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । तत्कालीन एमाले सांसदका रुपमा नेपालसहित १४ सांसदलाई एमालेले कारबाही गरेको निर्णय सदर हुनुपर्ने, नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकता खारेज हुनुपर्ने भन्दै ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।



    यसअघि उक्त मुद्दामा न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग र संसद्सँग सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश गरेको थियो।

    एमालेले साउन २५ गते माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव र कलिला खातुनलाई सांसद र पार्टीबाट निष्कासन गरेको थियो । उक्त निर्णयको जानकारी संसद् सचिवालयलाई भदौ १ गते दिइएको थियो । सभामुख सापकोटाले एमालेले गरेको सिफारिसअनुसार कारबाही गर्न बिलम्ब गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार