Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एक लाख घुससहित रंगेहात समातिए नापी कार्यालय चाबहिलका दुई कर्मचारी

    एक लाख घुससहित रंगेहात समातिए नापी कार्यालय चाबहिलका दुई कर्मचारी

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नापी कार्यालय चावाहिलका दुईजना कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराईलाई पक्राउ गरेको हो ।



    उनीहरुलाई एक लाख रुपैयाँ घुस लिएर बुढानिलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।



    बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएको बुझिाएको छ ।

    उनीहरुमाथि कानुनी कारबाहीको लागि थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार