Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराइने

    मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै एमाले

    मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै एमाले

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

    तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर एमालले पत्रकार सममेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२ः३० बजे पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।



    उनले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गरिने बताए । कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने बताइएको छ।



    सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोलगायत समसामयिक विषयमा पनि एमालेले आज धारणा राख्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार