Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौंमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, दुई जना पक्राउ

    काठमाडौंमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 924
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।



    शंखरापुर नगरपालिका–६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।



    उक्त सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार