Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अभिनेत्री केकी अधिकारीले गरिन् बिहे

    अभिनेत्री केकी अधिकारीले गरिन् बिहे

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 2.1K
    SHARES

    काठमाडौैं । अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिएकी छन् । अधिकारीले व्यवसायी रोहित तिवारीसँग विहे गरेकी हुन् ।

    बुधबार मेहन्दी उत्सव मनाएका यी जोडीले बिहीबार लगन कसेका हुन्। अभिनेत्री अधिकारीले विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु गरेको बताइन् ।



    उनले फेसबुकमा लेखेकी छन्-‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु।



    जीवनको नया अध्याय सुरू गर्दैगर्दा म र मेरो जीववन साथीले उपहार स्वरूव यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार