Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक अदालत जाने तयारीमा

    दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक अदालत जाने तयारीमा

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अदालत जाने तयारी गरेका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।



    पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार