Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजनीतिमा आउन पनि सकिन्छ : राजेश हमाल

    राजनीतिमा आउन पनि सकिन्छ : राजेश हमाल

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । महानायक राजेश हमालले मतदान गरेका छन् । आज भइरहेको स्थानीय तहको निर्वाचनमा उनले लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका हुन् । बिहान मतदाताको लाममा लागेर उनले आफ्नो मत दिएका हुन् ।

    मतदान गर्न लाइनमा बसेका महानायक हमालले राजनीतिमा आउन सकिने संकेत गरे । उनले भनेका थिए–‘भविष्यवाणी त म के गरौं ? तर राजनीतिमा आउन सकिंदैन भन्न पनि सकिंदैन ।’



    मतदानपछि भने उनले जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्ने बताए । उनले भने–‘जनमानसलाई यो भन्न चाहन्छु कि, हामीले मतदान गरेर आफ्नो कर्तव्य पूरा गरिसकेपछि जनप्रतिनिधिले सही काम गरे वा गरेनन् भनेर हरदम खबरदारी गरिरहनुपर्नेछ । औंला ठड्याइरहनुपर्नेछ । जनसमुदायको सहभागिता अनन्त कालसम्म जारी रहनेछ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार