Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्थानीय चुनाव : ७७ केन्द्रमा मतदान स्थगित, फेरि मतदान हुने गरी मिति तोकिने

    स्थानीय चुनाव : ७७ केन्द्रमा मतदान स्थगित, फेरि मतदान हुने गरी मिति तोकिने

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

    निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो ।



    स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन ।



    गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाएको छ । विभिन्न स्थानमा मतगणना सुरु भएका छन् । भने मतपरिणाम पनि सार्वजनिक हुन थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार