Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भक्तपुर नगरपालिकाले सरकारी निर्णय अवज्ञा गर्ने, विद्यालयमा दुईदिन बिदा नदिने

    भक्तपुर नगरपालिकाले सरकारी निर्णय अवज्ञा गर्ने, विद्यालयमा दुईदिन बिदा नदिने

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भक्तपुर नगरपालिकाले सरकारी निर्णय अवज्ञा गर्ने भएको छ । सो नगरपालिकाले हचुवाको भरमा हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको जनाउँदै बिदा नदिने जनाएको छ ।

    भक्तपुर नगरपालिकको नगर शिक्षा शाखाले सूचना जारी गर्दै भक्तपुर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई अर्को सूचना जारी नभएसम्म साविकबमोजिम विद्यालस सञ्चालन गर्न निर्देशन दिएको छ । शाखा प्रमुख कृष्णप्रसाद कर्मचार्यद्वारा हस्ताक्षरित सूचनामा शनिबारबाहेक बिदा नदिन अनुरोध गरिएको छ ।



    भक्तपुर नगरपालिकाले नेपाल बन्द वा अन्य कुनै पनि बन्दमा सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । नेपाल बन्द वा अन्य कुनै पनि बन्दमा हुँदासमेत भक्तपुरका विद्यालय खुला हुन्थे । भक्तपुर नगरपालिका नगर शिक्षा शाखाले नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र प्रिन्सिपललाई सम्बोधन गर्दै हप्ताको दुई दिन बिदा नदिने जानकारी दिएको हो ।



    नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले सरकारले गरेको निर्णय पालना गर्नुपर्ने बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार