Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अर्थमन्त्री शर्माको गृहपालिकामा माओवादी केन्द्र पराजित, कांग्रेस विजयी

    अर्थमन्त्री शर्माको गृहपालिकामा माओवादी केन्द्र पराजित, कांग्रेस विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 981
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको गृहपालिका रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    मुसिकोटको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९०१ मत ल्याए ।



    त्यसैगरी, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित निर्वाचित भए ।



    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत पाए । यस्तै अर्थमन्त्री शर्माको वडामा समेत कांग्रेस विजयी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार