Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं चोक र गल्लीगल्लीमा फोहोर : बाटोमा हिँड्नै समस्या, हैजा फैलने खतरा

    काठमाडौं चोक र गल्लीगल्लीमा फोहोर : बाटोमा हिँड्नै समस्या, हैजा फैलने खतरा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोकदेखि गल्लीसम्म दुर्गन्धित बनेको छ ।

    निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । स्थानीयको माग सम्बोधन गर्न संघ र महानगर सफल भएका छैनन् ।



    सडक पिच गरिनुपर्ने माग राखेका स्थानीयको अवरोधका बाबजुद एक साताअघि महानगरपालिकाले प्रहरीको सहयोगमा काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरेको थियो ।



    करिब ३ सय प्रहरी परिचालन गरेर काठमाडौंको फोहोर उठाउन सुरु गरिए पनि पुनः प्रभावित भएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।

    काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोग मागेर गत २४ वैशाखदेखि फोहोर उठाउन थालेको थियो । स्थानीयको अवरोधका कारण फोहोरका गाडी रोकिने र खुल्नेको ठेगान हुन छाडेको छ ।

    लामो समयदेखि काठमाडौं उपत्यकाका सडक, चोक र गल्लीमा फोहोर थुप्रिदाँ सहर भने पूरै दुर्गन्धित बन्न थालेको छ । चिकित्सकहरूले हैजा फैलन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार