Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ६५० पालिकामा कांग्रेसलाई २९२ पालिका

    ६५० पालिकामा कांग्रेसलाई २९२ पालिका

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 894
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ।

    हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।



    जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ।



    नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित निकालेको छ।

    यस्तै नेकपा एमालेले घोराही उपमहानगरपालिकासहित ६२ नगरपालिका र ११८ गाउँपालिकाको प्रमुख पद जितेको छ।

    यस्तै नेकपा माओवादी केन्द्रले जितपुर सिमरा उपमहानगर सहित २० नगरपालिका र ९३ गाउँपालिकामा प्रमुख पद जितेको छ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ६ नगरपालिकासहित १४ पालिकामा प्रमुख पद जितेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार