Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • हालसम्म ६ सय ६३ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलले कति जिते ?

    हालसम्म ६ सय ६३ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलले कति जिते ?

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ६३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ९६, नेकपा एमालेले १ सय ८३, नेकपा माओवादी केन्द्रले १ सय १३, जनता समाजवादी पार्टी (जसपा) ले २०, नेकपा (एकीकृत समाजवादी) ले १४ र अन्यले ३७ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।



    त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ७०, नेकपा एमालेले २ सय ४, नेकपा माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टी (जसपा) ले १४ र अन्यले ५४ स्थानमा विजयी हासिल गरेको आयोगले जनाएको छ ।



    अझै पनि विभिन्न पालिकाको मतपरिणाम आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार