Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बेलकोटगढीको मेयरमा माओवादीका गुरुङ र उपमेयरमा कांग्रेसका दाहाल विजयी

    बेलकोटगढीको मेयरमा माओवादीका गुरुङ र उपमेयरमा कांग्रेसका दाहाल विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    बेलकोटगढीको मेयरमा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल विजयी भएका हुन् ।



    गुरुङ १३ हजार २ सय २२ मत ल्याएर निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राजेन्द्र रमण खनाललाई ५ हजार ९ सय ४८ मतान्तरले पराजित गरेका हुन् । पराजित खनालले ७ हजार २ सय ७४ मत ल्याएका छन् ।



    यस्तै, उपमेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार दाहालले १० हजार ७ सय ६६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार