Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • थासाङमा एमाले, अपीहिमालमा माओवादी र तमानखोलामा कांग्रेस विजयी

    थासाङमा एमाले, अपीहिमालमा माओवादी र तमानखोलामा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 978
    SHARES

    काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचन विजयी भएका छन् । गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत पाइन् ।

    थासाङको उपाध्यक्षमा भने कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत पाएकी छिन ।



    घोषित मतपरिणाम अनुसार लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ भने घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ ।



    बाग्लुङको तमानखोलाको अध्यक्षमा कांग्रेसका बुढा निर्वाचित
    बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जोकलाल बुढा निर्वाचित भएका छन् ।

    तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार बुढाले २ हजार ७ सय ७ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार देवबहादुर पुनलाई ७ सय १२ मतान्तरले पराजित गरेका हुन् । पराजित पुनले १ सय ९ सय ९५ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका हिराकुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत ल्याएर निर्वाचित भएकी छन् । उनले माओवादी उम्मेदवार निशु रसाइलीलाई पराजित गरेकी हुन् । रसाइलीले १ हजार ९ सय ५८ मत ल्याएकी थिइन् ।

    दार्चुलाको अपीहिमालमा पासा पल्टियो
    दार्चुलाको अपीहिमाल गाउँपालिकाको अध्यक्षमा भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् ।

    ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने ठेकरे पराजित बनेका थिए ।

    उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले २ हजार २७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार