Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ५३ स्थानीय तहको नतिजा आउँन बाँकी

    ५३ स्थानीय तहको नतिजा आउँन बाँकी

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । गत वैशाख ३० मा सम्मपन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार कुल ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको छ ।

    आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १ सय २६ तथा अध्यक्षतर्फ ४ सय ४९ स्थानको नतिजा घोषणा भएको हो ।



    जसअनुसार नेपाली कांग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ। कांग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १ सय २१ अध्यक्ष पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ ।



    यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जित्दा अझैपनि प्रमुख २ पालिकामा अग्रता कायमै राखेको छ । यस्तै एकीकृत समाजवादीले ९ प्रमुख जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् ।

    यस्तै गाउँपालिकातर्फ जसपाले २० स्थानीय तह जित्दा एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जित हासिल गरेका आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार