Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारत सरकारको अनुदानमा स्तरोन्नती भएको श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको उद्घाटन

    भारत सरकारको अनुदानमा स्तरोन्नती भएको श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित स्तरोन्नती गरिएको श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालय भवनको उद्घाटन गरिएको छ ।

    भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उक्त भवनको आज उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको नेपालस्थित भारतीय राजदूताबासको कार्यालयले जनाएको छ ।



    ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम तथा उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा २ करोड ६३ लाखको लागतमा उक्त विद्यालयको स्तरोन्नती गरिएको हो ।



    जिल्ला समन्वय समिति मुस्ताङले यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

    सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

    भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले नेपालमा सामाजिक एवम् सांस्कृतिक पूर्वाधारको विकास र जनता जनताबीचको सम्बन्ध सुदृढ बनाउन भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने पनि दूताबासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार