Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतको एउटा गाउँमा डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ

    भारतको एउटा गाउँमा डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ ।

    भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो । यस्तो समस्या कसरी निम्तियो भनेर कसैलाई पनि थाहा थिएन किनभने खासै त्यस्तो समस्या कतै पनि देखिएको थिएन ।



    यस्तो समस्या छिमेकी गाउँ कतै पनि देखिएको पनि थिएन । आजित भएका गाउँलेले लोडसेडिङको समय याद गर्न थाले । लोडसेडिङ त सधैँ सूर्यास्त भएको केही घण्टापछि मात्रै हुने गर्दथ्यो । उनीहरुलाई यसमा शंका लाग्यो तसर्थ गाउँलेले अनुसन्धान गर्ने निधो गरे ।



    सडकहरू घुम्दै हिँडिरहेका उनीहरु गाउँकै एक विद्यालयको आँगनमा पुगे जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका दुई प्रेमी–प्रेमिका भेट्टाए । उनीहरुलाई सोधपुछ गर्दै जाँदा प्रेमी इलेक्ट्रिसियन भएको पत्ता लाग्यो जसले प्रेमिकालाई प्रत्येक पटक भेट्न जाँदा रातको समयमा दुई तीन घण्टा लोडसेडिङ गर्ने गर्दथे । आफूहरु डेटिङमा रमिरहेको गाउँलेले नदेखू्न् भनेर यस्तो गरेको ती प्रेमीले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार