Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मोहत्तरीबाट ५० हजार घुससहित विद्यालयका प्रधानाध्यापक र अध्यक्ष रंगेहात पक्राउ

    मोहत्तरीबाट ५० हजार घुससहित विद्यालयका प्रधानाध्यापक र अध्यक्ष रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका-१ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित पक्राउ गरेको हो ।



    उनीहरुलाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरिएको आयोगले जनाएको छ । उक्त विद्यालयलमा खेल मैदान स्तोरोन्नतीको लागि महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशबाट ५० लाख रकम विनियोजन गरिएको थियो ।



    सो निर्माण कार्य गर्न विद्यालयमा जाँदा उनीहरुले मैदान स्तोरोन्नतीको काम गर्न नदिई अवरोध सृजना गरी विभिन्न वाहानामा ५० हजार घुस मागेका थिए । बिहीबार अपराह्न उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार