Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फोहोरमैलाविरुद्ध यसरी लडिरहेको छ सुपर हिरो कुकुर

    फोहोरमैलाविरुद्ध यसरी लडिरहेको छ सुपर हिरो कुकुर

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । दुनियाँमा एकातर्फ मानिसहरूले नै आफ्नो जिम्मेवारी भुलिरहेका छन् भने अर्कोतर्फ एउटा अबोध पशु चाहिं मानिसहरूलाई आफ्नो जिम्मेवारी तथा कर्तव्यको बोध गराउँदैछ । दक्षिण अमेरिकी मुलुक चिलीको राजधानीमा बस्ने एक सुपर हिरो कुकुरको वास्तविक खबर हो यो ।

    चारखुट्टे उक्त सुपर हिरोको नाम साम हो । साम भलै एउटा कुकुर हो तर उसमा वास्तवमै सुपर पावर छ । आम मानिसहरूले नगर्ने काम उसले गरिदिन्छ । चिलीको राजधानी सान्टियागोको एक पार्कलाई सफा गर्ने तथा हराभरा बनाउने काम उसले गरिरहेको छ । उक्त पार्कमा आउने मानिसहरुका लागि साम एक रोल मोडल बनिसकेको छ ।



    बोर्डर कोली नश्लको उक्त कुकुर आफ्ना मालिक गोन्जालो चियांग सँग दैनिक रुपमा सान्टियागोस्थित महानगर पार्कमा नियम रुपमा पुग्दछ । एक शैक्षिक गाइडमा कार्टूनको रुपमा पनि साम चर्चित बनिसकेको छ । उक्त कार्टुनमा उसले हरियो रङको टोपी लगाएको छ ।



    सान्टियागोको मेट्रोपोलिटन पार्कमा सर्वाधिक हरियाली छ । उक्त पार्कमा गएर साम र उसका मालिक गोन्जालोले दैनिक रुपमा त्यहाँ फ्याँकिएका प्लास्टिकका बोतल, डिब्बा तथा खानाका प्याकेटहरु उठाउने गर्दछन् । गत अफ्रिलमा साम र गोन्जालोले पार्कमा फ्याँकिएका कपडा, हेलमेट, खानाका र्‍यापका अलावा ६०२ वटा मास्क, ५८५ वटा बोतल तथा ३०४ वटा डिब्बा जम्मा गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार