Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कृषि मन्त्री यादवको प्रश्न – ‘सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याएको’

    कृषि मन्त्री यादवको प्रश्न – ‘सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याएको’

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 738
    SHARES

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तगत सकारले औसत २‍‍.५ प्रतिशत मात्रै बजेट छुट्याएको देखिएको मन्त्री महेन्द्र राय यादवले  बताएका छन् ।

    मंगलबार संसदमा जारी बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि उपजको उत्पादकत्व वृद्धिका लागि सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याएको छ ? भन्ने प्रश्न विगतका वर्षहरुमा सरकारको प्राथमिकतामा नपरेको तर अहिलेको सरकारले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए ।



    कुल जीडीपीको झण्डै २४ प्रतिशत (२३.९ प्रतिशत) योगदान कृषिको रहेपनि प्राथमिकतामा नपरेको बताए । तथापि, कृषि तथा पशुपन्छी क्षेत्रको वार्षिक औसत वृद्धिदर ३ प्रतिशतको हाराहारी रहेको समेत उनले बताए ।



    मन्त्रालयको समग्र अवस्था बारे जानकारी दिँदै मन्त्री यादवले पाँच वर्षमा औसत मन्त्रालयको खर्च गर्ने क्षमता ८० प्रतिशत रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार