Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नवनिर्वाचित सांसद यादव र राईले आज शपथ लिँदै

    नवनिर्वाचित सांसद यादव र राईले आज शपथ लिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 687
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादव र रामकुमार राईले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

    उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादव र जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका राईलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउन लागेको हो ।



    यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउने छन् । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए ।



    तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो शपथ लिन अनुपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार