Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महेन्द्र राय यादवले शुक्रबार शपथ लिने

    महेन्द्र राय यादवले शुक्रबार शपथ लिने

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 510
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्।

    उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ।



    यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन्।



    राय सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै प्रतिनिधिसभामा विजयी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार