Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सम्पत्ति शुद्धीकरण मुद्धा : ३० घण्टाको सोधपुछपछि गान्धीले मागे एक दिन विश्राम

    सम्पत्ति शुद्धीकरण मुद्धा : ३० घण्टाको सोधपुछपछि गान्धीले मागे एक दिन विश्राम

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी) मा उपस्थित भएका छन् ।

    नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले नौं घण्टा सोघपुछ गरेको थियो । सोधपुछका लागि राहुललाई ईडीले पुनः शुक्रबार बोलाएको छ ।



    ईडीले उनीमाथि गरिएको सोधपुछको अडियो र भिडियो संस्करण रेकर्ड गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्ला तीन दिनमा गान्धीसँग ईडीले ३० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिसकेको छ ।



    कोभिड परीक्षणपछि अस्पतालमा भर्ना भएकी उनकी आमा तथा कांग्रेस प्रमुख सोनिया गान्धीको स्वास्थ्यमा सुधार आएपछि ईडीले सोधपुछ गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार