Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विवादीत राज्यमन्त्री वलीको घटनाबारे छानबिनका लागि सरकारी टोली दाङ जाँदै

    विवादीत राज्यमन्त्री वलीको घटनाबारे छानबिनका लागि सरकारी टोली दाङ जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 744
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली विवादको घटनालाई छानबिन गर्न प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली घटनास्थलतर्फ जाने भएको छ ।

    लुम्बिनी प्रदेश सरकारले असार १ गते सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलक राम शर्माको नेतृत्वमा बनाएको सत्य तथ्य छानबिन टोलीले भोलि तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको परिवारसँग घटनाको बारेमा बुझ्ने जनाइएको छ ।



    राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित बस्नेतको घरमा पुगेर उनकी पत्नी तथा छोरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप छ ।



    सरकारी छानबिन टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् । छानबिनका लागि कार्यदललाई १५ दिनको समय दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार