Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • राज्यमन्त्री वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने

    राज्यमन्त्री वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 735
    SHARES

    दाङ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा आज प्रदेशसभा बैठकलाई जानकारी गराइने भएको छ ।

    उनीमाथि जेठ ३१ गते दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप छ ।



    उनका बारेमा छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाउने समय नजिकिँदै गर्दा उनको राजीनामा आएको हो ।



    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आज बस्ने प्रदेशसभा बैठकमा वलीको राजीनामाबारे सभामुखले जानकारी गराउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार