Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आफूलाई प्रयोग मात्रै गरेको भन्दै पूर्वमन्त्री विमलाले छाडिन् माओवादी

    आफूलाई प्रयोग मात्रै गरेको भन्दै पूर्वमन्त्री विमलाले छाडिन् माओवादी

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 477
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्र त्यागेकी छन्।

    उनले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्षसमक्ष पार्टी छाडेको पत्र बुझाएकी हुन्। वलीले राजीनामा पत्र माघ २४ मै पार्टीमा दर्ता गरेको खुलेको छ।



    उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको भन्दै गुनासो पनि पोखेकी छन्।



    उनले दुई ठूला पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भई बनेको नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएको स्मरण पनि गरेकी छन्।

    उनले श्रीमानको योगदान एमालेमा हुँदा हुँदै पनि आफूले ठूलो निर्णयसहित माओवादीमा प्रवेश गरेको बताएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार