Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विवादित राज्यमन्त्री विमलाको राजीनामा स्वीकृत

    विवादित राज्यमन्त्री विमलाको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 654
    SHARES

    दाङ । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेर विवादमा आएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।

    मुख्यमन्त्री कुल प्रसाद केसीले स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका हुन् ।



    लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको बताए । उनले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि मात्रै मुख्यमन्त्रीले यसबारे औपचारिक जानकारी दिएका हुन् ।



    पति उत्तमकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार