Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • उदण्ड मन्त्री वलीलाई कारबाही गर्न ‘प्रेमी’ भनिने एकराजकाे माग

    उदण्ड मन्त्री वलीलाई कारबाही गर्न ‘प्रेमी’ भनिने एकराजकाे माग

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 774
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उदण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् ।

    जेठ ३१ गते बस्नेत घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर बस्नेतकी श्रीमति र छोरीलाई पिटेको, घरमा तोडफोड गरेकाले वलीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।



    लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष उनले यस्तो बताएका हुन् । छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताएका छन् । वली र बस्नेतका बीचमा आर्थिक लेनदेनको कारोबार पनि रहेको खुलेको समितिका एक सदस्यले बताए ।



    जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई वलीले एकराजकी श्रीमती मीना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार