Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आयल निगमका कार्यकारी निर्देशक थानीविरुद्ध अख्तियारमा उजुरी

    आयल निगमका कार्यकारी निर्देशक थानीविरुद्ध अख्तियारमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ ।

    उनले ४० करोड भ्रष्टचार गरेको आरोपमा सोमबार अख्तियारमा परेको उजुरी दर्ता भएको हो ।



    पेट्रोलियम पदार्थको पटक पटक मूल्यवृद्धि गर्दा स्टक क्लियरेन्स नगरी मूल्य बढाएर ४० करोड रुपैयाँ भ्रष्टचार गरेको भन्दै दामोदर रेग्मी उजुरी दर्ता गराएका हुन् ।



    पहिला पेट्रोल पम्पहरुलाई प्रशस्त इन्धन उपलब्ध गराएर इन्धनमा चर्को मूल्यवृद्धि गर्दा त्यसको ठूलो लाभ पेट्रोल पम्प सञ्चालकहरुलाई हुने भन्दै आयल निगमका कार्यकारी निर्देशकको मिलेमतोबीमा उक्त कुरा संभव नहुने औंल्याएका छन् ।

    अनियमितताको यथासिघ्र छानविन गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने उनको भाग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार