Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

    म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 822
    SHARES

    एजेन्सी । महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले हत्याको मुद्दामा सुनुवाइ गर्न आदेश दिएका हुन् ।

    म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको थियो । उनले एक महिनाअघि मस्तिष्कमा रगत जमेको शल्यक्रिया गराएका थिए ।



    उनको मृत्युको केही दिनपछि नै अर्जेन्टिनाका अभियोजकहरुले उनको उपचारको संलग्न डाक्टर तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।म्याराडोनाको मृत्युबारे अध्ययन गर्न बनाइएको २० जना विज्ञहरूको प्यानलले उनको मेडिकल टिमले ‘अनुपयुक्त, कमजोर र लापरवाह तरिका’ ले काम गरेको ठहर गरेको थियो ।



    मुद्दा खेप्नेमा म्याराडोनाका न्युरोसर्जन र व्यक्तिगत डाक्टर लियोपोल्डो लुके, एकजना साइकियाट्रिस्ट, दुई डाक्टर, दुई नर्स र उनीहरूको मालिकलगायत रहेका छन् । सबैले उक्त आरोपको खण्डन गरेका छन् । अभियोग पुष्टि भए उनीहरूलाई ८ देखि २५ वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार