Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन

    पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 945
    SHARES

    एजेन्सी । पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ । टन्सिन निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उनलाई ब्रेन ह्यामरेज र हृदयघात भएको थियो ।

    इन्डिपेन्डेन्टका प्रकाशित समाचारका अनुसार सन् २०१८ मा मिस युनाइटेड कन्टिनेन्ट ब्राजिलको उपाधिकी बिजेता कोरेइयाको सोमबार एक नीजि क्लिनिकमा निधन भएको हो ।



    उनी पछिल्लो दुई महिनादेखि कोमामा थिइन् ।  टन्सिन हटाउनका लागि उनको शल्यक्रिया गरिएको थियो तर त्यसको केही दिनपछि उनको अत्यधिक रक्तश्राव भयो र अप्रिल ४ मा हृदयघातसमेत भयो ।



    कोरेइयाको शव पोस्ट मार्टमका लागि पठाइएको छ । उनी एक मोडल, ब्युटिसियन र इन्फ्लुएन्सर थिइन् । इन्स्टाग्राममा उनका ५६ हजारभन्दा बढी फलोअर्स छन् ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार