Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

    बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहामा बोक्सी भन्दै एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला देवी साह रहेको प्रहरीले जनाएको छ ।



    उनीहरूले छिमेकी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोप लागेको छ । असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुवै जनाले मलमूत्र खुवाएको प्रहरीले जनाएको छ ।



    दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालय (लहान) को हिरासतमा राखिएको छ । उनीहरुमाथि बोक्सी आरोप कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार