Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

    बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 837
    SHARES

    फाइल तस्विर

    संखुवासभा । संखुवासभामा एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा एकजना धामीलाई पक्राउ गरेको छ ।

    ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । उनले गाउँमा धामी झाक्रीको काम पनि गर्दै आएका थिए ।



    झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई उनले कुटपिट गरेका थिए ।



    ती महिलालाई कार्कीले कुटपिट गरी घाइते बनाएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार