Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सेयर बजारमा हरियाली, ४१ अंकले बढ्यो नेप्से

    सेयर बजारमा हरियाली, ४१ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 864
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४१ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४१.३९ अंकले बढ्दै नेप्से सूचक १९६२.७१ अंकमा उक्लिएको हो ।

    आज सेन्सेटिभ इन्डेक्स समेत ६.५५ अंकले बढेर ३७९.१५ अंकमा उक्लिएको छ । ​यस दिन सबै उपसूचकहरु धनात्मक भएर बजार नै हरियाली भएको छ । ४१ अंकमाथिले बढेको बजारमा आज १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।



    आज ट्रेडिङ समूहको उपसूचक अधिकतम ६.५६ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ४.४३ प्रतिशतले, फाइनान्स समूह ४.१४ प्रतिशतले, हाइड्रोपावर समूह ३।९३ प्रतिशतले, अन्य समूह ३.५९ प्रतिशतले र होटल तथा पर्यटन समूह ३.४६ प्रतिशतले बढेको छ ।



    यस्तै, माइक्रोफाइनान्स समूह र म्चुअल फन्ड समान २.७९ प्रतिशतले, म्यानु एण्ड प्रो २.७७ प्रतिशतले, निर्जीबन बीमा समूह २.५२ प्रतिशतले, इनभेष्टमेन्ट समूह २.४१ प्रतिशतले र जीन बीमा समूह १।३ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा बढी आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १.९१ प्रतिशतले गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार