Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : अर्थमन्त्री शर्मा

    बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : अर्थमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 867
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

    महालेखा परीक्षकको ६४ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नीति तथा कार्यक्रममै बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राखिएको बताए ।



    अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छ ।’



    उनले लेखा परीक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्स्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको समेत बताए ।

    बेरुजु फर्स्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको समेत उनले बताए । ‘बेरुजु किन बढ्दै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।

    संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परीक्षण गर्नुपर्ने जिम्मेवारी पूरा गरी वित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झैं यस वर्षपनि महालेखा परीक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार