Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 720
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    ६४ औं संसद दिवसको अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंको बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संसद लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गरे ।



    उनले पूर्व सांसद मञ्चले दलीय राजनीतिभन्दा माथि उठेर सरकारलाई सहयोग गर्दै आएको बताए । प्रधानमन्त्री देउवाले जल्दाबल्दा राष्ट्रिय मुद्दामा अनुभवी सांसदहरूले बेला बेला बहस छलफल गर्नुपर्नेमा जोड दिए ।



    नेपाललाई समृद्ध बनाउन सबै पक्षको भूमिका रहने बताउँदै संघीय संसद,संसदीय समितिले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार