Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अभ्यास खेलमा ओन्टारियोसँगको दुबै खेलमा नेपाल विजयी

    अभ्यास खेलमा ओन्टारियोसँगको दुबै खेलमा नेपाल विजयी

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 840
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार राति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले पराजित गरेको हो ।

    नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । ओन्टारियोका लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए ।



    नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदिल आलम र किशोर महतोले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।



    नेपालका लागि रोहित पौडेल ७१ रनको योगदान दिए भने र दीपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, पवन सर्राफले ३७, देव खनालले २० रन जोडे । ओन्टारियोका रेमन्ड, भरुण सेहदेव र किनान टिन्टोले १र१ विकेट लिए ।

    यसअघि शुक्रवार राति भएको एक दिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार