Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अब एक पटकमा मोटरसाइकललाई ५ लिटर मात्रै पेट्रोल

    अब एक पटकमा मोटरसाइकललाई ५ लिटर मात्रै पेट्रोल

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 894
    SHARES

    फाइल तस्बीर

    काठमाडौं । नेपाल आयल निगमले तेल वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ ।

    पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको हो।



    इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको छ ।



    सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको निगमले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार