Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विवादित अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउँदै प्रधानमन्त्री देउवा

    विवादित अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउँदै प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय समिति बनाउने गृहकार्य थालेका छन् ।

    बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लाग्दै आएका मन्त्री शर्मामाथि छानबिन हुनुपर्ने अवाज उठेपछि प्रधानमन्त्री देउवाले समिती गठन गर्ने तयारी गरेका हुन् ।



    यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मासहित माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।



    उक्त छलफलमा प्रधानमन्त्री देउवाले शर्मालाई राजीनामा दिन आग्रह गरेका थिए । तर, शर्माले सो प्रस्ताव अस्वीकार गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार