Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संवैधानिक परिषदबारे शर्मा भन्छन् – ओलीको पालामा गलत भनिएको कुरा देउवाको पालामा पनि गलत

    संवैधानिक परिषदबारे शर्मा भन्छन् – ओलीको पालामा गलत भनिएको कुरा देउवाको पालामा पनि गलत

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 660
    SHARES

    काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

    शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गरेका छन् ।



    यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको महामन्त्री शर्माको भनाइ छ । सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’



    ओलीको पालामा गलत भनिएको कुरा देउवाको पालामा गलत नै हुने कुरामा आफूहरु प्रष्ट रहेको उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार